वीरगन्ज :

इप्रका पटेर्वा सुगाैलीद्वारा ३ टेक्टर अबैध काचौ काठ बरामद

श्रेणी : BANNER

1 year
Pradeep Sah
2.9kViews
1528 Shares

वीरगंज । प्रहरीले पर्साकाे पर्सागढी नगरपालिकाबाट बिहिबार ३ टेक्टर अबैध काचौ काठको चिरपट दाउरा नियन्त्रणमा लिएकाे छ ।

इलाका प्रहरी कार्यालय पटेर्वा सुगाैलीका प्रहरी निरिक्षक रामराज केशरीकाे कमाण्डमा खटिएकाे प्रहरी टाेलीले पर्सागढी नगरपालिकाकाे वडा नं. ७ स्थित छठी घाट ब्रहमबाबाको छेउमा नदीको किनाराबाट काचाै काठ नियन्त्रणमा लिएकाे हाे ।

बिन्दबासनीको कौईलाभार बढनिहार साझेदारी समिती पर्साका अधयक्ष रिजवान आलम, सब डिभिजन वन रंगपुर टाढी पर्साका रेन्जर कपिलदेब प्रसाद यादव सहितको खटिएकाे संयुक्त टाेलीले बिहिबार विहान ११ बजे अलग अलग गरी २ दुई ठाउँमा लुकाई छिपाई राखेको अबैध काचौ काठको चिरपट दाउरा नियन्त्रणमा लिएकाे प्रहरी निरिक्षक केशरीले वताए । कालिका टाईम्स

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *