वीरगन्ज :

इन्डोनेशियामा ९९ बालबालिकाको मृत्युपछि झोल औषधिमाथि प्रतिबन्ध

श्रेणी : BANNER

2 years
birgunj report
87Views
0 Shares

झन्डै एकसय बालबालिकाको मृत्यु भएपछि इन्डोनेशियामा सबै खालका सिरप तथा झोल औषधि बेच्न रोक लगाइएको छ ।

द गाम्बियामा ७० बालबालिकाको मृत्यु भएको घटनामा खोकीको औषधिको सम्बन्ध रहेको पाइएको केही सातापछि इन्डोनेशियामा उक्त निर्णय लिइएको हो ।

केही सिरप औषधिमा मिर्गौलामा गम्भीर असर पार्ने अक्यूट किड्नी इन्जरी (एकेआई) गराउने पदार्थहरू फेला परेको र त्यसैका कारण ९९ बालबालिकाको ज्यान गएको इन्डोनेशियाको दाबी छ ।

इन्डोनेशियामा प्रतिबन्धित औषधिहरू विदेशबाट आयात गरिएका हुन् वा स्थानीय उत्पादन हुन् भन्ने कुरा भने स्पष्ट पारिएको छैन ।

बिहीबार इन्डोनेशियाका स्वास्थ्य अधिकारीहरूले बताएअनुसार त्यहाँ झन्डै २०० बालबालिकामा एकेआई देखिएको छ। तीमध्ये अधिकांश पाँच वर्षभन्दा कम उमेर समूहका छन् ।

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले यो महिनाको सुरुतिर द गाम्बियामा झन्डै ७० बालबालिकाको मृत्युको कारणसँग सम्बन्धित देखिएको भन्दै खोकीका चारवटा औषधिबारे विश्वव्यापी चेतावनी जारी गरेको थियो ।

एउटा भारतीय औषधि कम्पनीले उत्पादन गरेका ती सिरपहरूमा डाईएथलीन ग्लाइकोल र एथलीन ग्लाइकोलजस्ता पदार्थ ‘अस्वीकार्य मात्रा’मा भएको डब्ल्यूएचओले जनाएको छ । डब्ल्यूएचओका अनुसार ती सिरपहरूले ‘अक्यूट किड्नी इन्जरी’ गराएको हुनसक्ने ठानिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *