वीरगन्ज :

इटालीकी महिला पत्रकार इरानमा पक्राउ

श्रेणी : अन्तर्राष्ट्रिय

4 months
Pradeep Sah
2.4kViews
1902 Shares

तेहरान,१३ पुस । इटालियन पत्रकार सेसिलिया सालालाई इरानमा पक्राउ गरिएको छ । इटालीका विदेशमन्त्री एन्टोनियो तजानीले सिसिलिया सालालाई आठ दिनअघि इरानको राजधानी तेहरानबाट हिरासतमा लिइएको जानकारी दिए ।

इटालियन पत्रिका इल फोग्लियोका अनुसार सेसिलिया सालालाई एविन जेलमा राखिएको छ । उनीमाथि लागेको आरोपबारे कतै पनि उल्लेख छैन ।

यसै महिनाको सुरुमा पत्रकार भिसा पाएर इरान पुगेकी सेसिलिया सालाले ुपितृसत्ताबारे कुराकानीु शीर्षकको पोडकास्ट एपिसोड अपलोड गरेकी थिइन्। रिपोर्टका अनुसार इटालियन कूटनीतिज्ञहरूले उनलाई जेलमा भेटेका छन् र उनको रिहाइ सुनिश्चित गर्ने प्रयास गरिरहेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *