
श्रेणी : अन्तर्राष्ट्रिय
काठमाडौं । गाजामा क्षेत्रमा इजरायलले गरेको हवाई आक्रमणमा परि थप ९० जनाको मृत्यु भएको छ । बुधबार इजरायलले गरेका दुई अलग–अलग हवाई आक्रमणहरूमा थप ९० जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । सिन्ह्वा समाचार एजेन्सीको रिपोर्ट अनुसार, गाजास्थित स्वास्थ्य मन्त्रालयले इजरायलले गाजाको केन्द्रमा रहेको आवासीय क्षेत्रमा बमबारी गरेको गरेको जनाएको छ ।
उक्त आक्रमणमा भौतिक क्षति हुनुका साथै ५८ जनाको मृत्यु भएको छ । भवन ध्वस्त भएको छ र ५८ जनाको मृत्यु भएको छ। धेरै मानिसहरुआक्रमणमा परि कयौं घाइते भएका छन् । इजिप्टको सिमानामा रहेको रफाहमा रहेको एउटा भवन पनि इजरायली आक्रमणबाट ध्वस्त भएको थियो । उद्धारकर्मीहरूले भग्नावशेषबाट १५ जनाको शव निकालेका छन् ।
गाजाको स्वास्थ्य मन्त्रालयले दक्षिणी गाजा पट्टीको खान युनिस सहरमा इजरायली आक्रमणमा १४ जनाको मृत्यु भएको बताएको छ । गाजाको जबलिया सहरमा रहेको एउटा घरको भग्नावशेषबाट नागरिक रक्षा टोलीले पाँच जनाको शव र दर्जनौं घाइतेलाई निकालेको छ । गाजाको स्वास्थ्य मन्त्रालयले अक्टोबर ७ मा इजरायलले सुरु गरेको युद्धमा अहिलेसम्म २३ हजार प्यालेस्टिनी नागरिकको मृत्यु भएको जनाएको छ ।

प्रतिक्रिया