वीरगन्ज :

इजरायलसँग सहकार्य गरेको भन्दै हमासद्वारा गाजाका सात जनालाई मृत्युदण्डको फैसला

श्रेणी : अन्तर्राष्ट्रिय

2 years
birgunj report
13Views
0 Shares

इजरायलसँग ‘सहकार्य’ गरेको भन्दै हमासले गाजाका सात व्यक्तिलाई मृत्युदण्डको फैसला सुनाएको छ । गाजा पट्टीको एक सैन्य अदालतले इजरायलसँग ‘सहकार्य’ गरेको आरोपमा सात जनालाई मृत्युदण्डको सजाय सुनाएको गाजाको गृह मन्त्रालयले जनाएको हो ।

अदालतले गाजामा अन्य सात जनालाई २५ वर्षको जेल सजाय सुनाएको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । प्यालेस्टाइनी लडाकू समूह हमासले गाजालाई आफ्नो नियन्त्रणमा लिएको छ र त्यहाँको सैन्य अदालतले इजरायलसँग ‘सहकार्य’ गरेको आरोपमा दोषी ठहरिएका व्यक्तिहरूलाई नियमित रूपमा मृत्युदण्डको सजाय सुनाउँदै आएको छ ।

प्यालेस्टिनी कानुनअनुसार मृत्युदण्डको सजायका लागि प्यालेस्टिनी सरकार प्रमुखको स्वीकृति आवश्यक पर्छ, जसको मुख्यालय कब्जा गरिएको वेस्ट बैंकमा छ ।

तर सन् २००७ मा हमासले गाजा पट्टीकब्जा गरेयता उसले वेस्ट बैङ्कलाई बारम्बार बेवास्ता गर्दै आएको छ र गत सेप्टेम्बरमा इजरायलसँग ‘सहकार्य’ गरेको आरोपमा दुई प्यालेस्टिनीलाई र अन्य तीन जनालाई हत्या गरेकोे अभियोगमा मृत्युदण्ड दिएको थियो । गाजा पट्टीमा सन् २०२२ मा कम्तीमा १७ जनालाई मृत्युदण्डको सजाय सुनाइएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *