वीरगन्ज :

आर्थिक सुधार र विकासका लागि साढे १८ करोड डलर ऋण स्वीकार गर्ने सरकारको कदम

श्रेणी : BANNER

3 hours
Pradeep Sah
2.6kViews
1631 Shares

काठमाडौं,२२ चैत । सरकारले अन्तर्राष्ट्रिय वित्तीय सहयोग अन्तर्गत विश्व बैंक र एशियाली विकास बैंक (एडीबी) बाट कुल साढे १८ करोड अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको छ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले डिजिटल पूर्वाधार सुदृढीकरणका लागि ‘डिजिटल नेपाल ट्रान्सफरमेसन प्रोजेक्ट’ अन्तर्गत एडीबीबाट ४० मिलियन डलर र विश्व बैंकबाट ५० मिलियन डलर ऋण लिने निर्णय गरेको हो।

यसैगरी, दीगो र समावेशी वित्तीय प्रणाली विकासका लागि थप ९५ मिलियन डलर ऋण स्वीकृत गरिएको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिएका छन्। सरकारका अनुसार यी परियोजनाले डिजिटल सेवा विस्तार, आर्थिक पहुँच वृद्धि र समावेशी वित्तीय विकासमा महत्वपूर्ण टेवा पुर्‍याउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *