वीरगन्ज :

आर्थिक विधेयक टाइप गर्न नासुलाई ल्याइएको हो, बाह्य व्यक्तिको चलखेल छैनः अर्थमन्त्री महत

श्रेणी : BANNER

2 years
birgunj report
21Views
0 Shares

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले करको दर हेरफेरमा बाह्य व्यक्तिको संलग्नता नभएको बताएका छन् । मंगलबारको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री महतले सांसदहरुको सोधेको प्रश्नको जवाफ दिँदै अर्थमन्त्री महतले पूर्वनायब सुब्बा रामकृष्ण श्रेष्ठलाई सहयोगीका रुपमा विधेयक टाइप गर्न मात्र राखिएको बताएका हुन् ।

उनले रामकृष्ण श्रेष्ठलाई आफू आउनुभन्दा अगाडि नै नियुक्ति गरिएको स्पष्ट पारे । उनले भने, ‘हामीले भनेअनुसार टाइप गराउने काम श्रेष्ठलाई गराएका थियौँ । उहाँको अंक इन्ट्री गर्ने काम मात्र हो ।’

अर्थमन्त्री महतले इमान्दार भएर काम गर्न अप्ठ्यारो रहेको बताए । उनले भने, ‘इमानदार भएर काम गर्न अति कठिन हुँदो रहेछ । इमानदार हुँदा प्रश्नमाथि प्रश्न उठ्दो रहेछ ।’

आफूले अर्थमन्त्री भएकै दिन कुनै पनि प्रभावबाट मुक्त भएर काम गर्छु भनेर प्रतिबद्धता जनाएर मन्त्रालय प्रवेश गरेको भन्दै महतले त्यसमा आफू प्रतिबद्ध रहेको बताए । यसअघि सांसदहरूले बजेटमा करका दर हेरफेर गर्दा अनधिकृत व्यक्ति संलग्न रहेको भन्दै सांसदहरूले प्रश्न उठाएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *