
श्रेणी : अन्तर्राष्ट्रिय
बीरगन्ज,२१ जेठ । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ मा रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी) ले ऐतिहासिक सफलता हात पारेको छ। मंगलबार राति अहमदाबादको नरेन्द्र मोदी स्टेडियम मा सम्पन्न रोमाञ्चक फाइनल खेलमा पञ्जाब किंग्सलाई ६ विकेटले पराजित गर्दै आरसीबी पहिलो पटक च्याम्पियन बन्न सफल भयो।
१९१ रनको कठिन लक्ष्य पछ्याउँदै मैदानमा उत्रिएको पञ्जाबले २० ओभरमा ७ विकेट गुमाएर १८४ रनमात्र बनाउन सक्यो। शशांक सिंहले ३० बलमा अविजित ६१ रनको आक्रामक पारी खेले पनि टोलीलाई जितसम्म पुर्याउन सकेनन्। जोश इङ्लिसले पनि ३९ रन बनाए।
त्यसअघि टस गुमाएर पहिले ब्याटिङको निम्तो पाएको आरसीबीले २० ओभरमा ९ विकेट गुमाएर १९० रन बनाएको थियो। ओपनर विराट कोहलीले साबिक फर्म प्रदर्शन गर्दै ३५ बलमा ४३ रन बनाए। फिल साल्ट १६ रनमा आउट भए। त्यसपछि मयंक अग्रवाल (२४), कप्तान रजत पाटिदार (२६), लियाम लिभिङस्टोन (२५) र जितेश शर्मा (२४) ले उपयोगी योगदान दिए। रोमियो सेपहार्डले १७ रन जोडे।
पञ्जाबका बलर अर्शदिप सिंहले अन्तिम ओभरमा सनसनीपूर्ण प्रदर्शन गर्दै ३ विकेट लिएका थिए, जसका कारण आरसीबी १९० रनमै रोकियो। अर्शदिपसँगै काइल जेमिसनले पनि ३ विकेट लिए। अजमतुल्ला ओमरजाइ, विजय कुमार वेशक र युजवेन्द्र चहलले एक/एक विकेट लिए।
आरसीबीका लागि यो उपाधि ऐतिहासिक बन्यो, किनभने लामो समयदेखिको प्रतीक्षा अन्त्य गर्दै टोलीले पहिलो पटक आईपीएलको उपाधि उचालेको हो। विराट को


प्रतिक्रिया