वीरगन्ज :

आरजुको नाम लिएको अडियो सन्देश शर्माको स्वरसँग मिल्योः प्रहरी

श्रेणी : BANNER

2 years
birgunj report
5Views
0 Shares

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर पत्नी एवं नेपाली कांग्रेसकी सांसद डा. आरजु राणा देउवाको नाम लिएको अडियो नक्कली भुटानी शरणार्थी ठगी प्रकरणका प्रतिवादी सन्देश शर्माको आवाजसँग मेल खाएको छ ।

आइतबार प्रहरी प्रधान कार्यालयले विज्ञप्ति जारी गरी कांग्रेस नेतृ देउवाको नाम जोडेर सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको अडियोमा ठगी तथा संगठित अपराध कसुर मुद्दामा अनुसन्धानमा रहेका  सन्देश शर्माको आवाजसँग मेल खाएको बताएको हो ।

कांग्रेस नेतृ देउवाले नक्कली शरणार्थी ठगी प्रकरणमा पैसा लिएको भनेर आफ्नो नाम जोड्दै फेक अडियो सार्वजनिक भएको भन्दै छानबिन गरी दोषीलाई कारबाही गर्न माग गर्दै गत २७ वैशाखमा प्रहरीको साइबर ब्युरोमा निवेदन दिएकी थिइन् ।

अनुसन्धानका क्रममा उक्त अडियो शर्माको आवाजसँग मिलेको र अडियो सबैभन्दा पहिले टिकटकमा कसले हालेको भन्ने विवरण पत्ता लाग्न नसकेको प्रहरी प्रवक्ता डीआईजी कुवेर कडायतले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *