वीरगन्ज :

आयोगले भन्यो -मिथ्या सूचना र दुष्प्रचार अभिव्यक्ति अभिव्यक्ति स्वतन्त्रताभित्र पर्दैन

श्रेणी : BANNER

2 years
birgunj report
15Views
0 Shares

काठमाडौं । निर्वाचन आयोगले निर्वाचनमा मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्तिप्रति शून्य सहनशीलता राख्न आग्रह गरेको छ ।

शुक्रबार आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले विज्ञप्ति जारी गरी राजनीतिक दल र उमेदवारकाबारेमा सत्य तथ्य जान्न पाउने अधिकारको प्रत्याभूत गर्न आयोगले कुनै कसर बाँकी नराख्ने बताएका छन् ।

विज्ञप्तिमा भनिएको छ,’मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्तिको नियमन गरी मतदातको निर्वाचन, राजनीतिक दल र उमेदवारका बारेमा सत्य तथ्य जान्न पाउने अधिकारको प्रत्याभूत गर्न आयोगले कुनै कसर बाँकी राख्ने छैन र सरोकारवाला सबैसँग निर्वाचनको निष्ठालाई जोगाउन सहकार्य र सहयोगका लागि आयोग आह्वान गर्दछ ।’

निर्वाचन आचासंहिता बमोजिम मिथ्या सूचना, दुुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्तिको नियमन गर्ने विषयलाई कतिपय कोणबाट अभिव्यक्ति स्वतन्त्रताको हनन् भएको भन्ने कुरा आएको भन्दै त्यसमा आयोगको ध्यानाकर्षण भएको पनि जनाइएको छ ।

निर्वाचनका समयमा कुनै पनि दल वा उमेदवारविरुद्ध तथा निर्वाचनलाई असर पार्ने गरी सामाजिक सञ्जाल तथा अनलाइन माध्यमबाट निहित राजनीतिक स्वार्थका लागि फैलाइने मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्ति, अभिव्यक्ति स्वतन्त्रताभित्र नपर्ने आयोगको ठहर छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *