वीरगन्ज :

आयोगलाई संयमित भएर काम गर्न पूर्वप्रमुख निर्वाचन आयुक्त पोखरेलको सुझाव

श्रेणी : BANNER

3 years
birgunj report
28Views
0 Shares

काठमाडौं । पूर्वप्रमुख निर्वाचन आयुक्तहरुले संयमित भएर काम गर्न निर्वाचन आयोगलाई सुझाव दिएका छन् ।

सोमबार ललितपुरमा आयोजित अन्तरक्रियामा पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले निर्वाचनको बेला निर्वाचन आयोगको सबैभन्दा ठूलो शक्ति नै संयमता भएकाले सोही अनुसारको बोली, बचन र व्यवहार हुनुपर्ने बताए ।

निर्वाचन आयोगको सानो गल्तीले पनि आगोको झिल्कोझैं सल्किने सक्ने भएकाले त्यसतर्फ सचेत हुनुपर्ने उनको भनाई थियो । उनले आफ्नो कारणले निर्वाचनको वातावरण भत्किन नपाओस् भनेर आयोगले गहिरोसँग विचार गर्नुपर्ने बताए ।

उनले भने, ‘हाम्रो आफ्नै बोली, बचन र व्यवहारबाट त्यो परिस्थिति नआओस् । यतिखेर असाध्यै संवेदनशील छ । किनभने सानो एउटा झिल्को भयो भने डढेलो लाग्छ भन्छन् नि । यतिखेर आयोगको शक्ति भनेको संयमता हो । हामीले संयमतालाई ख्याल गरेर हाम्रो आफ्नै कारणबाट अरु भत्किन नपाओस् भनेर बिचार गरौं ।’

अर्का पूर्वप्रमुख निर्वाचन आयुक्त सूर्यप्रसाद श्रेष्ठले सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्न आयोगको ध्यानाकर्षण गराए । उनले शीर्ष नेताहरु उम्मेदवार भएको जिल्ला बढी संवेदनशील हुने गरेको उल्लेख गर्दै त्यसमा सुरक्षाको आवश्यक व्यवस्था मिलाउन ध्यान दिनुपर्ने बताए ।

श्रेष्ठले मतदाता शिक्षाको कामलाई प्रभावकारी बनाउन पनि आयोगलाई सुझाव दिए । त्यसैगरी पूर्वकार्यबाहक प्रमुख निर्वाचन आयुक्त दोलखबहादुर गुरुङले मतगणनामा गडबडी हुन नदिन निर्वाचन आयोग गम्भीर बन्नुपर्ने बताए ।

उनले सबै निर्वाचनहरुमा मतगणनाको विषय जटिल हुने उल्लेख गर्दै त्यसो हुन नदिन आयोगले बेलैमा योजना बनाउनुपर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *