श्रेणी : राजनीति
काठमाडौं । सत्तारुढ नेकपा (माओवादी केन्द्र)ले सरकार गठनका लागि विभिन्न विकल्पहरु खुला रहेको स्पष्ट पारेको छ ।
शनिबार बसेको पार्टी पदाधिकारी बैठकमा सरकार गठनका लागि एमालेसहितका दलहरुसँग छलफल गरेर अघि बढ्न सकिने भन्दै विभिन्न विकल्पमा जान सकिने प्रष्ट्याएको हो ।
सरकार गठनबारे विभिन्न विकल्पहरु खुला राखिएको पार्टीका उपाध्यक्ष कृष्णबहादुर महराले जानकारी दिए । बैठकमा नेताहरुले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको परिणाम अपेक्षा अनुसार नआएको टिप्पणी गरेका थिए ।
बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका उपाध्यक्ष महराले भने, ‘निर्वाचनको प्रारम्भिक समीक्षा गरियो । अपेक्षा गरिए अनुसार हामीले संघमा सिट हासिल गर्न सकिएन भन्ने समक्षिा भयो । दोस्रो बनाएको गठबन्धन छोड्ने निर्णय गरिएको छैन र अन्य विकल्प पनि खुला राखिएको छ । विभिन्न विकल्पमा जान सकिन्छ । तर, पुरानो गठबन्धनलाई छोड्ने, तोडने निर्णय पनि गरिएको छैन ।’
माओवादी केन्द्रले पार्टी अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री बनाउन सत्तारुढ गठबन्धनमा दवाव पुग्ने निष्कर्षसहित सरकार गठनका लागि एमालेसहितका अन्य विभिन्न दलहरुसँगको विकल्पलाई पनि खुला राख्ने नीति रणनीति लिएको बताइएको छ । उपाध्यक्ष महराले बैठकमा सत्तारुढ गठबन्धन छोड्ने सोचमा पनि पार्टी नरहेको बताए ।
प्रतिक्रिया