श्रेणी : मधेस
बीरगंज, पर्सा
पर्सा क्षेत्र नं १ ( ख) का प्रदेशसभा सदस्यका उम्मेदवार नेपाली कांग्रेस पर्सा का उप सभापति रामनारायण कुर्मी ले पर्सा लाइ मुख्यमन्त्रीको नेतृत्व दिलाउन आफूलाइ नै मतदान गर्न
आममतदाता सँग आग्रह गर्नु
भएको छ । यसपालिको चुनावमा धेरै राम्रो अवसर भएकालेयो सुनौलो अवसर नगुमाउन क्षेत्रवासी जनताहरुलाइ अपिल गर्नु भएको छ । मधेशलाइ
सुखि,सम्पन्न र समृद्ध मधेश बनाउनु छ भने मेरो चुनाव
चिन्ह गाछी छापमा मतदान गरि विजय गराउन अनुरोध गर्नु भएको छ ।
बीरगंज महानगरपालिका स्थित आफ्नै निवास पिपरामा मंगलबार प्रहार डेली न्यूजका पत्रकार संग कुराकानी गरी नेपाली काँग्रेस पर्साका उपसभापति समेत रहेका कुर्मीले यस्तो आग्रह गरेका हुन् ।
सत्ता गठबन्धनको तर्फबाट पर्सा क्षेत्र नं १ (ख) का प्रदेशसभा सदस्यका उम्मेदवार समेत रहेका कांग्रेस उपसभापति कुर्मीले आफू प्रतिनिधिसभामा लड्न चाहेको भएपनी कांग्रेस सभापति एवं प्रधानमन्त्री शेर बहादुर देउवाको दबाबका कारण प्रदेश सभा सदस्य पदमा चुनाव लड्नु परेको बताए ।
मंसिर ४ गते हुने निर्वाचनपछि कांग्रेसको नेतृत्वमा पाँच
दलीय गठबन्धनको सरकार बन्ने र गठबन्धनको तर्फबाट मधेश प्रदेशको मुख्यमन्त्री आफू बन्ने उनले दाबी गरे । आफू मुख्यमन्त्री बन्नकै लागि प्रतिनिधिसभा छोडेर प्रदेशसभा सदस्यमा चुनाव लडेकोले जनताको अपार बहुमत सहित निर्वाचित भई मुख्यमन्त्री बन्ने उनले बताए।
पाँच दलीय गठबन्धनको पूर्ण साथ र सहयोग रहेको कारण आफ्नो जीत सुनिश्चित नै रहेको उनले दाबी गरे । मधेश प्रदेशमा नेपाली काँग्रेस सहित गठबन्धनको अवस्था मजबुत रहेको बताउनु भयो ।
आफू संग कसैको प्रतिस्पर्धा नरेहेको दाबी गर्दै उम्मेदवार
कुर्मीले आफू जीतको नजिक रहेकोले निर्धक भएर रुखमा मतदान गरी आफूलाई विजयी गराउन उनले सबैलाई आग्रह गरेका छन् । आफू चुनाव जितेपछि सर्व प्रथम कृषि, शिक्षा र स्वास्थ्य लाई विशेष प्राथमिकता,प्राबिधिक विधालय को स्थापना,क्षेत्र को हरेक वार्ड मा बर्थिग्ङ सेन्टर स्थापना गर्ने, युवायुवतीहरु लाइ रोजगारी दिलाउने बताए ।
चुनाव का बेला जनतासँग गरेको प्रतिबद्धता चुनाव जितेपछि हर हालमा पूरा गर्ने प्रतिवद्धता उनले जनाए ।
प्रतिक्रिया