
श्रेणी : BANNER
1.8kViews
1690
Shares
मोरङ,०५ भदौ । मोरङमा आफ्नै छोरीलाई पटक–पटक बलात्कार गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी हस्तबहादुर सुनुवारका अनुसार करिब ६ महिनादेखि निरन्तर यौन दुर्व्यवहार गरेको अभियोगमा ४७ वर्षीय पुरुषलाई पक्राउ गरिएको हो।
पीडित नाबालिका भएकी छोरीको आफन्तले दिएको जाहेरीका आधारमा प्रहरीले उनीमाथि मुद्दा दर्ता गरेको छ। जबरजस्ती करणी आरोपमा पक्राउ परेका उनीविरुद्ध अदालतबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया