वीरगन्ज :

आफ्नै घरमा आगाे लगाउने सिंह पक्राउ

श्रेणी : मधेस

1 year
Pradeep Sah
2.5kViews
1375 Shares

वीरगंज (पर्सा), २५ वैशाख । आफ्नै घरमा आगो लगाई अपराधिक उपद्रव गर्ने एक जनालाई राैतहट प्रहरीले नियन्त्रणमा लिएकाे छ । रौतहट राजदेवी नगरपालिका वडा नं. ०९ ब्रहम्पुरी टोलका ४५ बर्षिय नितेश सिंहलाई प्रहरीले नियन्त्रणमा लिएकाे हाे ।

सिंहले मादक पदार्थ सेवन गरी आफ्नै टाटीको बेरा र फुसको छानो भएको घरमा साेमबार सांझ ७ बजेकाे समयमा आगो लगाएको लगाएकाे थियाे । उक्त आगो तत्कालै स्थानिय मानिसहरु तथा प्रहरी टोली गई आगो निभाएको, उक्त आगो तत्काल नियन्त्रणमा नआएको भए सोबाट वरपरका अन्य मानिसहरुको समेत घर जली ठूलो जनधनको क्षति हुन सक्ने प्रवल सम्भावना देखा परेको थियाे ।

त्यसैले आगो लगाउने नितेश सिंहलाई निजकै घरबाट पक्राउ गरी “अपराधिक उपद्रव” शिर्षकमा मुद्दा दर्ता गरी रौतहट जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय राैतहटकी सुचना अधिकारी प्रहरी नायब उपरिक्षक एलिजा गिरीले जानकारी दिइन ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *