श्रेणी : BANNER
10Views
0
Shares
काठमाडौं । नवनियुक्त उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले पदभार ग्रहण गरेका छन्। सोमबार साँझ गृह मन्त्रालय पुगेर उनले पदभार ग्रहण गरेका हुन् ।
उनले पदभारपछि पहिलो निर्णयका रुपमा बलत्कारपछि हत्या भएकी निर्मला पन्तको हत्या अनुसन्धान गर्ने पहिलो निर्णय गरेका हुन् ।
उनले आफ्नो नागरिकताबारे भइरहेको अनुसन्धानमा सहयोग गर्ने पनि बताएका छन्।
लामिछानेले गृह मन्त्रालयका बारेमा जनगुनासो बढी आउने गरेकाले पनि आफूले यो मन्त्रालय रोजेको बताए ।
उनले भने, ‘सञ्चारकर्मीका रूपमा काम गर्दा सबैभन्दा बढी गृहमन्त्रालयका बारेमा गुनासो आएको थियो । त्यसैले यो मन्त्रालय रोजेको हो ।’
उनले आफूमातहतका निकाय र अधिकारीलाई स्वतन्त्र रुपमा कामकारबाहीका लागि सहयोग गर्ने बताए ।
प्रतिक्रिया