वीरगन्ज :

आनन्द हस्पिटलका सञ्चालक रिहा, मुख्यमन्त्रीकाे अभियान ‘स्टण्टबाजी’ मात्र भएको आरोप

श्रेणी : मधेस

2 weeks
Pradeep Sah
2.1kViews
1819 Shares

रौतहट,१४ चैत । मधेस प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहको अनुगमन अभियानप्रति प्रश्न उठ्न थालेको छ । निर्देशन विपरीत सञ्चालन भएको भन्दै पक्राउ परेका रौतहट शिवनगरका आनन्द हस्पिटल एक्युपञ्चर सेन्टरका सञ्चालक उमेश प्रसाद जयसवाल केही बेरमै रिहा भएपछि यो अभियान ‘सुधार’ नभई ‘स्टण्टबाजी’ मात्र भएको आरोप लाग्न थालेको छ ।

रौतहटका प्रहरी उपरीक्षक (एसपी) दिलीप घिमिरेको निर्देशनमा इलाका प्रहरी कार्यालय शिवनगरले जयसवाललाई नियन्त्रणमा लिए पनि जिल्ला प्रहरी कार्यालयले केही सर्तका आधारमा तुरुन्तै छोडेको छ । रौतहट प्रहरीका प्रवक्ता डिएसपी दीपक कुमार रायका अनुसार जयसवालले पुराना बिरामी अन्यत्र सार्ने र नयाँ बिरामी भर्ना नगर्ने लिखित प्रतिबद्धता जनाएपछि उनलाई रिहा गरिएको हो ।

मुख्यमन्त्री सिंहको नेतृत्वमा अस्पतालहरूको अनुगमन तीव्र पारिए पनि राज्यका अन्य प्रमुख निकायहरूमा भइरहेको भ्रष्टाचार र अनियमितता नजरअन्दाज गरिएको भन्दै सामाजिक सञ्जालमा आलोचना भइरहेको छ । कतिपयले निजी अस्पतालहरूमात्र निशानामा परेको भन्दै यसले ‘सुधार’ भन्दा बढी ‘देखावटी’ कार्यप्रति जनताको वितृष्णा बढाएको बताएका छन् ।

यसअघि पनि यस्ता अनुगमन अभियानहरू व्यापक चर्चामा आए पनि कार्यान्वयनको पक्ष कमजोर रहेको भन्दै सर्वसाधारण अबको कदम प्रतीक्षामा छन्। प्रहरीले अबदेखि कानुनी प्रक्रिया पूरा नगरी सञ्चालन भएका अस्पतालहरूमाथि कडा कारबाही गर्ने बताएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *