वीरगन्ज :

आधुनिक गरगहना सहित माघ ८ गतेदेखि वीरगंजमा ‘शिवसुनिता ज्वेलर्स’ संचालनमा

श्रेणी : BANNER

2 years
Pradeep Sah
2.7kViews
1671 Shares

वीरगंज (पर्सा), ९ माघ । वीरगंज महानगरपालिका वडा नं. ६ गहवा चौक स्थित शिवसुनिता ज्वेलर्स संचालनमा आएको छ । वीरगंज महानगरपालिका वडा नं. १५ भिस्वा निवासी रिकी सर्राफले यही माघ ८ गतेदेखि गहवा चौक स्थित आदर्श होटलदेखि ३ वटा घरको पूर्वपट्टि रहेको भवनमा शिवसुनिता ज्वेलर्स संचालनमा ल्याएका हुन् ।

माघ ८ गते विधिवत रुपमा पुजाआजा गरि संचालनमा ल्याइएको शिवसुनिता ज्वेलर्समा हरेक किसिमका गरगहना सुपथ मूल्यमा पाउनुको साथै २४ क्यारेट सुनचाँकीको नयाँ आधुनिक किसिमबाट गरगहना बनाइने गरेको संचालक रिकी सर्राफले जानकारी दिए । उनका अनुसार बढ्दो आधुनिक युगसँगै महिलाहरुलाई सुनचाँदीप्रति बढ्दो आकर्षणलाई मध्यनजर गर्दै आधुनिक किसिमबाट विशेष आकर्षक प्रकारका गरगहनाहरु बनाइने कार्य भइरहेको जानकारी दिए ।

सुनचाँदी किन्दा झुक्किएर नक्कली गरगहनाबाट बच्नको लागि ढुक्क भएर शिवसुनिता ज्वलेर्सबाट गरगहना खरिद गर्न उनले आग्रह गरे । यसको साथसाथै सुनचाँदी विक्री गर्न चाहने एवं पुरानो गरगहना साटेर नयाँ आधुनिक किसिमका गरगहना लिन चाहनेहरुले पनि शिवसुनिता ज्वेलर्समा आउन आग्रह गरे ।

उनले यस ज्वेलर्सको आधिकारिक मोबाइल नम्बर ९८०४२८६५५१, ९८६९३४१९३९ मा सम्पर्क गरेर गरगहनाबारे जानकारी पनि लिन सकिने बताए । वर्तमान अवस्थामा अहिलेका महिला एवं नयाँ पुस्ताका युवतीहरु सुनचाँदीप्रति बढि आकर्षित हुने गरेको र बेलाबखत ठगिने गरेको गुनासाहरु पनि आउने गरेकोले त्यस्तो अवस्थालाई मध्यनजर गर्दै भरपर्दो र विश्वासिलो ‘शिवसुनिता ज्वेलर्स’ मा सम्पर्क गर्न संचालक सर्राफले आग्रह गरे ।

यसको साथसाथै विवाहको लागि पनि आधुनिक किसिमको गरगहना चाहिमा ज्वेलर्समा सम्पर्क गर्न सकिने उनको भनाई छ । उनले भने ‘खास गरेर शादी विवाहको बखत ग्रामीण भेगका अशिक्षित व्यक्तिहरु सुनचाँदीका गरगहना किन्ने बेलामा झुक्किने गर्छन्, त्यसैले आँखा चिम्लेर ‘शिवसुनिता ज्वेलर्स’ बाट गरगहना किन्नुस्’ । यहाँबाट किनेको गरगहनामा कुनै किसिमको गुनासो, समस्या नहुने ठोकुवा गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *