वीरगन्ज :

आधा किलोमिटरमा आधा दर्जन स्थानमा चेकजाँच, तर पनि लागुऔषध देखि हातहतियार वीरगंजसम्म !

आधा किलोमिटरमा आधा दर्जन स्थानमा चेकजाँच, तर पनि लागुऔषध देखि हातहतियार वीरगंजसम्म !

श्रेणी : BANNER

2 years
Pradeep Sah
29Views
0 Shares

वीरगंज (पर्सा), १० फागुन / नेपाल भारतको मुख्य प्रवेशको रुपमा वीरगन्ज भन्सार क्षेत्रमा आधा किलोमिटरको अन्तरालमा आधा दर्जन स्थानमा चेकजाँच हुन्छ । नेपाल भारत सिमा क्षेत्रमा रहेको मित्तेरी पुलदेखि कट्ने वित्तिकै शुरु हुन्छ चेकजाँच । मित्तेरीपुल स्थित सशस्त्र प्रहरीको चेकिङ्ग प्वान्ट, त्यसपछि शंकराचार्य गेट स्थित सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त चेकिङ्ग प्वान्ट, त्यस पश्चात वीरगंज भन्सार गेट स्थित भन्सार कर्मचारीको चेकजाँच, सशस्त्र प्रहरीको चेक प्वान्ट, त्यस पश्चात रजतजयन्ती चोक स्थित नेपाल प्रहरीको चेक प्वान्ट !
यसरी मित्तेरी पुलदेखि रजतजयन्ती चोकसम्म पुग्दा आधा किलोमिटर क्षेत्रको अन्तरालमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र भन्सारको कर्मचारीको कडा चेक प्वान्ट रहेको छ । भारतबाट नेपाल आउने जो कोहीले यति कडाईको साथ चेक प्वान्ट कट्नुपर्छ । विभिन्न ६ स्थानमा चेकजाँच हुन्छ तर पनि भारतको रक्सौलदेखि वीरगंज बजारसम्म तस्करीको सामान, लागुऔषध, हुण्डीको रकम, हातहतियार जस्ता सामानहरु वीरगंजसम्म कसरी आइपुग्छ ?

आधा किलोमिटरमा आधा दर्जन भन्दा बढि चेकजाँच तर पनि खुलेआम तस्करी, लागुऔषध, हातहतियार वीरगंजसम्म कसरी आइपुग्छ ? देख्दा र सुन्दा आश्चर्य लाग्न सक्छ । तर यस्तो अजबको चेकजाँच र गजबको तस्करी मुलुककै मुख्य प्रवेशद्वार वीरगन्ज भन्सार नाकामा हुने गरेको छ । भारतको रक्सौलबाट प्रवेश गर्दा, नेपाल–भारत मितेरी पुल कट्ने बितिकै सुरु हन्छ सशस्त्र प्रहरीको चेकजाँच । पहिलो चरणमा सशस्त्र प्रहरीले सडकमा फ्लामको बेरियर नै लगाएर कडाईका साथ चेकजाँच गर्ने गरेको छ ।
त्यसपछि शंकराचार्यद्वार नजिकै इनर्वा प्रहरी चौकीको चेकजाँच, त्यो कटेपछि भन्सार कार्यालयका जाँचकीहरुको चेकजाँच, अनि सँगै रहेको पुनः सशस्त्र प्रहरीको चेकजाँच र केहिँ मिटरमै फेरि रजत जयन्ती चोक नजिकै नेपाल प्रहरीले चेकजाँच गर्ने गरेको छ । वीरगन्ज भन्सार कार्यालय भएर नेपाल प्रवेश गर्ने जो कोही नव आगन्तुहरु यतिको कडा चेकजाँच भएर नेपाल प्रवेश गर्न पाउँछन् । नेपाल भारतको यो सिमानाकामा आपातकालकै अवस्था जस्तै चेकजाँच कटेर मात्रै प्रत्येक भारतीय प्रर्यटकलाई गुज्रिनु पर्दछ ।
यतिमात्र होइन सिमावर्ती जनताले पनि घरायसी समान खरिद गरेर आउँदा सबै चेकजाँचबाट आजित हुने गरेका छन् । सानो तिनो घरायसी सामान किनेर आउने नेपाली नागरिकहरु पनि यतिको कडा चेकजाँचको सामना गर्नुपर्छ । घरायसी सामान किनेर आउने सिमावर्ती नेपाली नागरिकहरुले पनि यो चेकजाँचको नाटकबाट आजित भइसकेका छन् । चेकजाँचको सर्वसाधारणलाई दुःख दिने मात्रै काम गर्ने गरेको तर रातिको समयमा तस्करहरुसँग मोटो रकम असुली तस्करीको लाइन दिने गरेको स्थानीयहरुको भनाई छ ।
तस्करहरुले रातिको सममया इनर्वा गाउँहुँदै खुलेयाम ठेलाका ठेला सामान नेपाल भारत ओहर दोहर गर्ने गरेका छन् । तर देखाउनका लागि मात्रै मुख्य सडकमा कडाई चेकजाँचको नाटक हुने गरेको स्थानीयको आरोप छ । यति कडा चेकजाँच हुदा पनि लागुऔषध, हुण्डी कारोबारीको रकम, हातहितयारसम्म यो नाकाबाट सहजै आउजाउ भइरहेको हुन्छ कसरी ? तस्करी र अपराध नियन्त्रण भन्दा पनि यो भन्सार क्षेत्रमा हुने गरेको चेकजाँच सम्बन्धित सबै निकायको, सबै कारोबारमा जानकारी र भागीदारी मात्रै हुने गरेको स्थानीयको आरोप छ ।

यतिको कडा चेकजाँच भन्सार कार्याल, सशस्त्र र जनपथको उठती पुठतीको लागि मात्र भएको नेकपा समाजवादी पार्टीका वीरगन्ज महानगर अध्यक्ष मनोज चौधरीको आरोप छ । आधा किलो मिटरमा आधा दर्जन चेकजाँच, अवस्थाको बाध्यता मात्रै भएको पर्सा प्रहरीको बुझाइ रहेको छ । सिमानाकाको सुरक्षा र चोरी पैठारीको जिम्मेवारी सशस्त्र प्रहरीको र सुरक्षाको जिम्मा नेपाल प्रहरीको मात्रै भएकोले विभिन्न ठाउँमा चेकजाँच हुने गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् नायब प्रहरी उपरिक्षक दिपक गिरी बताउछन् ।
सबै सीमा नाकामासँगै खटिएका नेपाल र सशस्त्र प्रहरीले सधैँ कडा चेकजाँच गर्दै आएपनि करोडौँका समानहरु वीरगन्ज आसपास क्षेत्रको गोदामबाट प्रहरीले छापा मारेर पक्राउ गर्दै आएको छ । यही महिनामा मात्र ६ करोडभन्दा बढिको तस्करीका समानहरु पर्सा प्रहरीले बरामद गरि आवश्यक कारबाहीका लागि राजश्व कार्यालयमा बुझाएको छ । यति मात्र होइन, पर्सा प्रहरीको लागि लागूऔषधको कारोबार नियन्त्रण सधैँको चुनौतिको विषय रहेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साले माघ महिनासम्म ३० वटा लागू पदार्थको मुदा दर्ता गराएको छ । भारतको रक्सौलबाट वीरगन्ज ल्याइएका अधिकांश लागूऔषध वीरगन्ज भन्सार र आइसिपि कार्यालयको चेकजाँज भएर नै आएको प्रहरीकै अनुसन्धानले देखाएको छ । केहि समयदेखि नेपाल भारतबीच बढेको अबैध कारोबारले गर्दा हुण्डीको कारोबार समेत यो नाकामा फस्टाएको छ । जिल्ला प्रहरी प्रमुखमा कोमल शाह आएदेखि अवैध रकम सहित मान्छेहरु पक्राउ पर्ने क्रमपनि बढको छ । केहि दिन अगाडि मात्रै वीरगन्जमा प्रहरीले श्रोत नखुलेको ठूलो रकम सहित एक युवकलाई पक्राउ गरेको छ ।
प्रहरीले बाराको विश्रामपुर गाँउपालिका वडा नम्बर ४ का २७ वर्षिय श्यामकिशोर प्रसाद साहलाई श्रोत नखुलेको २० लाख रुपैयाँ सहित पक्राउ गरेको हो । साहलाई वीरगन्ज १६ रजत जयन्ति चोकस्थित सडकबाट बिहीबार बिहान पक्राउ गरिएको पर्साका प्रहरी उपरिक्षक कोमल शाहले नै पत्रकार सम्मेलनमा जानकारी दिए । तर पक्राउ परेका उक्त व्यक्ति भन्सार नाकामा हुने गरेको सबै चेकजाँच सहजै कसरी पार गरे ? भन्ने प्रश्नको जवाफ प्रहरीसँग छैन ।

नेपाल प्रहरी सुरक्षाको लागि मात्रै भन्सारमा चेकजाँचमा खट्ने गरेको पर्सा प्रहरीको भनाई छ तर स्थानीयको भनाई अनुसार नेपाल प्रहरी साना तिना तस्करहरुसँग पैसा असुल्नको लागि मात्रै ड्युटीमा खट्ने गरेको बताउँछन् । यस घटनाहरुलाई बढावा दिनुमा नेपाल प्रहरी मात्रै दोषी छैनन्, सशस्त्र प्रहरीको पनि उत्तिकै दोषी छ । नेपाल प्रहरी भन्दा पनि सशस्त्र प्रहरीको चेकजाँच धेरै कडाई छ । तर त्यो सर्वसाधारणहरुको लागि मात्रै ! तस्कर, अपराधिक समूहका व्यक्तिहरुलाई लागि भने त्यो चेकजाँच सामान्य हो ।
तस्करीको लाइन खुलाउनको लागि तस्करसँग नेपाल प्रहरीको साथै सशस्त्र प्रहरीको सेटिङ्ग हुने गरेको छ । रातिको समयमा ठेलाका ठेला सामानहरु नेपाल प्रवेश गर्ने गरेको छ । सेटिङ्गमा सामान आउँदा, त्यसभित्र के छ ? त्यो चेकजाँच हुँदैन । त्यो पनि रातिको समयमा चेकजाँच गर्नुपर्ने कुरै भएन । प्रहरीलाई चिन्ता हुन्छ कि सेटिङ्गका सामान चाँडो भन्दा चाँडो नेपाल प्रवेश गराउने, त्यसैले सहजै तरिकाले जुनसुकै सामान पनि खुलेयाम नेपाल प्रवेश गर्छ ।
गत हप्ता फागुन १ गते मात्रै पर्सा प्रहरीले अपहरण गरि लुटपाट गर्ने गिरोहका ८ जनालाई हतियार सहित पक्राउ गरेको थियो । पेस्तोल देखाई अपहरण गरि एकान्त ठाउँमा लगि लुटपाट गर्ने गिरोहका १ जना भारतीय सहित ८ जनालाई प्रहरीले पक्राउ गरि सार्वजनिक गरेको थियो । यो घटना उदाहारणका पात्र मात्रै हुन् । नेपाल भारत खुल्ला सिमाना भएको कारण अपहरणका गतिविधिहरु गरि सहजै तरिकाले भारत प्रवेश गर्ने र भारतमा अपराधी घटना घटाई सहजै तरिकाले नेपाल प्रवेश गर्ने जस्ता कारणहरुले गर्दा पनि पर्सा प्रहरीलाई यो विषय सधैं चुनौति बन्दै आएको छ ।
यति मात्र होइन, श्रावण महिनामा बाराको एक युवकको हत्या नै गरेर बोरामा कसेर फिल्मी स्टाइलमा मोटरसाइकलमा राखेर वीरगंज भन्सारको मुख्य नाका हुँदै रक्सौल स्थित रेलसम्म पु-याएका थिए । त्यो पनि दिन दहाडै तर पनि आधा दर्जन स्थानमा खटेका सुरक्षाकर्मीहरुले सुइको समेत पाउन सकेका थिए ।वीरगंज टाईम्स

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *