वीरगन्ज :

आधारभूत अस्पतालका लागि आवश्यक जनशक्तिको तलव भत्ता आफैं व्यहोर्न स्थानीय तहलाई मन्त्रालयको परिपत्र

श्रेणी : स्वास्थ्य

2 years
birgunj report
21Views
0 Shares

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्थानीय तहहरुलाई आधारभूत अस्पतालका लागि आवश्यक जनशक्तिको तलव भत्ता आफैं व्यहोर्न परिपत्र गरेको छ ।

मन्त्रालयले सात बुँदे परिपत्र गर्दै संघीय सरकारलाई आर्थिक भार परेको भन्दै आधारभूत अस्पतालका लागि आवश्यक जनशक्तिको तलव भत्ता आफैं व्यवस्था गर्न स्थानीय तहहरुलाई आग्रह गरेको हो ।

मन्त्रालयको परिपत्रमा भनिएको छ,’आधारभूत अस्पतालको दरबन्दीको नमुना तयार भएको तर नेपाल सरकारद्वारा हालसम्म संगठन संरचना तथा दरबन्दी स्वीकृत भइसकेको हुँदा संघीय सरकारमा आर्थिक भार नपर्ने गरी पालिकाको आवश्यकता र आर्थिक स्रोत हेरी कर्मचारीसँगै तलव, भत्ता, अन्य सुविधाको व्यवस्थापन पालिकाबाटै गर्नु ।’

स्वास्थ्य मन्त्रालयले आधारभूत अस्पतालको दरबन्दी नमुना पास गरेर २१ असार २०७९ मा मन्त्रिपरिषद्बाट पठाएपछि उक्त दरबन्दी पास भएको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *