वीरगन्ज :

‘आत्माराम ओझा-दुखा सहनी स्मृति भवन´ काे सभापति देउवाद्वारा उद्घाटन

श्रेणी : मधेस

10 months
Pradeep Sah
1.9kViews
1005 Shares
वीरगंज । वीरगंजमा नवनिर्मित नेपाली कांग्रेस पर्साकाे कार्यालयकाे कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार समुद्घाटन गरेका छन् । वीरगंज महानगरपालिकाकाे वडा नम्बर २४ मा ‘आत्माराम ओेझा-दुखा सहनी स्मृति भवन´ काे नामले निर्माण गरिएकाे पार्टी कार्यालयकाे सभापति देउवाले उद्घाटन गरेका हुन् ।
पार्टी कार्यालयकाे उद्घाटन कार्यक्रमलाई सम्बाेधन गर्दै सभापति देउवाले पर्सामा कांग्रेसका महान सपुतद्वय स्वं आत्माराम ओझा र दुखा सहनीकाे नाममा पार्टी कार्यालय भवन निर्माण गरेकाेमा पर्साकाे कांग्रेस नेतृत्वलाई धन्यवाद दिए ।
सभापति देउवाले आर्थिक र राजनीतिक दृष्टिकोणले पर्सा जिल्ला ऐतिहासिक जिल्ला रहेकाे बताए । पर्सा जिल्ला देशकै महत्त्वपूर्ण जिल्ला भएकाे भन्दै उनले राणा र पञ्चायत विरुद्ध कांग्रेसले गरेकाे सशस्त्र संघर्ष पर्साकाे वीरगंजबाटै सुरु भएको स्मरण गर्दै उनले भने,`देशकाे अर्थतन्त्र धान्नेमापनि पर्साकै अहम याेगदान छ । विगतमा राणा र पञ्चायत विरुद्धको कांग्रेसले गरेकाे सशस्त्र संघर्षकाे बिगुलपनि पर्साकै वीरगंजबाटै फुकिएकाे थियाे ।´
सभापति देउवाले देश हाँक्ने जिम्मेवारी फेरि कांग्रेसकाे काँधमा आए आँफुले सफलतापूर्वक निर्वाह गर्ने बताए । उनले विगतमापनि उक्त जिम्मेवारी सफलतापूर्वक निभाएकाे र आउने दिनमापनि त्याे अवसर कांग्रेस र आफ्नाे काँधमा आए सफलतापूर्वक निभाउने बताए ।
एक कराेड २९ लाख रुपैयाँकाे लागतमा निर्माण गरिएको पार्टी कार्यालय भवन तीन तल्ले रहेकाे छ । वीरगंज महानगरपालिका, विभिन्न दाता र कांग्रेसका नेताहरुकाे सहयाेगमा सुविधा सम्पन्न पार्टी कार्यालय भवन निर्माण गरिएको कांग्रेस पर्साका सह सचिव नविन सिंहले वताए ।

प्रदेशसभा सदस्य श्याम पटेलले कांग्रेस पर्साकाे पार्टी कार्यालय भवन देशका ७७ जिल्लामै सब भन्दा सुविधासम्पन्न भवन रहेकाे बताए ।

नेपाली कांग्रेस पर्साका सभापति तथा मधेस सरकारका कृषि मन्त्री जनार्दन सिंह क्षेत्रीकाे अध्यक्षतामा भएकाे कार्यक्रममा कांग्रेसका सहमहामन्त्री फरमुल्लाह मन्सुर, केन्द्रीय सदस्य तथा कानुनमन्त्री अजय चाैरसिया, केन्द्रीय सदस्य तथा पूर्व उद्योगमन्त्री रमेश रिजाल, केन्द्रीय सदस्यहरु आनन्द ढुंगाना, संविधान सभा सदस्य अनिल रुंगटा, उमेशजंग रायमाझी, नगिना यादव, पूर्वमन्त्री सुरेन्द्र चाैधरी, मधेस प्रदेशका पूर्वमन्त्री ओमप्रकाश शर्मा, प्रदेश सभा सदस्यहरु श्याम पटेल, शंकर चाैधरी, नेता शाेभाखर पराजुली, कांग्रेस मधेस प्रदेश सभापति कृष्ण यादव, महामन्त्री बृहस्पतिकृष्ण श्रेष्ठ, कांग्रेस पर्साका उपसभापतिद्वय रामनारायण कुर्मी र अशाेक गुप्ता, जिल्ला सचिवद्वय इम्तियाज आलम र दिनेश चाैधरी लगायतकाेपनि सहभागीता थियाे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *