
श्रेणी : अन्तर्राष्ट्रिय
जर्मनीले आफ्ना अन्तिम तीन आणविक भट्टी बन्द गर्ने भएको छ र आणविक शक्तिबाट बाहिरिने भएको छ । धेरै पश्चिमा देशहरूले आफ्नो उत्सर्जन कम गर्न आणविक ऊर्जामा आफ्नो लगानी बढाइरहेका बेला जर्मनीले आफ्नो आणविक युगको अन्त्य गरेको छ ।
युरोपको सबैभन्दा ठूलो अर्थतन्त्रले सन् २००२ देखि नै आणविक उर्जाशक्तिलाई अन्त्य गर्न खोजिरहेको थियो । तर सन् २०११ मा जापानमा फुकुशिमा आणविक विपत्तिपछि पूर्व चान्सलर एन्जेला मर्केलले चरणबद्ध रूपमा यसलाई तीव्रता दिएकी थिइन् ।
युक्रेनको चेर्नोबिलजस्ता शीतयुद्धको द्वन्द्व र आणविक विपत्तिको डरले शक्तिशाली आणविक विरोधी आन्दोलन भएको देशमा बहिर्गमनको निर्णय लोकप्रिय हुनेछ । वातावरणमन्त्री स्टेफी लेम्केले यसै हप्ता देशमा जी–७ को बैठकअघि दुर्घटनाग्रस्त जापानी प्लान्टको भ्रमण गरेका थिए ।

प्रतिक्रिया