वीरगन्ज :

आठ जुम्ल्याहा विद्यार्थी एउटै विद्यालयबाट एसइई परीक्षा दिँदै

श्रेणी : प्रदेश

7 months
Pradeep Sah
2.7kViews
1198 Shares

विराटनगर, ८ चैत्र । मोरङको सुन्दरहरैंचा नगरपालिका–१० स्थित सुकुना माध्यमिक विद्यालयबाट यस वर्षको एसईई परीक्षामा आठजना जुम्ल्याहा विद्यार्थीले एकैपटक परीक्षा दिइरहेका छन्। विद्यालयकै इतिहासमा पहिलोपटक यति धेरै जुम्ल्याहा विद्यार्थी एउटै सत्रमा परीक्षार्थी बनेका हुन् ।

विद्यालयका सहायक प्रधानाध्यापक राजेन्द्र गिरीका अनुसार कोशी प्रदेशमै सबैभन्दा बढी विद्यार्थी एसईई परीक्षा दिइरहेको विद्यालय यही हो । यस विद्यालयका ६२६ जना विद्यार्थी चारवटा परीक्षा केन्द्रबाट परीक्षामा सहभागी भएका छन् ।

वि.सं. २०२९ सालमा स्थापना भई २०३९ सालदेखि एसएलसी परीक्षा दिन सुरु गरेको सुकुना माध्यमिक विद्यालय हाल कोशी प्रदेशकै नमूना विद्यालयमध्ये एक मानिन्छ । विद्यालयका प्रधानाध्यापक हिक्मतबहादुर बस्नेतका अनुसार हाल विद्यालयमा ४,५०० विद्यार्थी अध्ययनरत छन् ।

यस वर्ष कोशी प्रदेशभर ८० हजारभन्दा बढी विद्यार्थी एसईई परीक्षामा सहभागी भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *