वीरगन्ज :

आठराहा सुगौलीमा रास्वपाको विस्फोटक जनसमर्थन, सुशील कानुको घरदैलोले चुनावी माहोल तात्यो

श्रेणी : मधेस

3 hours
Pradeep Sah
2.6kViews
1652 Shares

वीरगंज (पर्सा), ८ फागुन । पर्सा निर्वाचन क्षेत्र नम्बर–२ अन्तर्गत वीरगञ्ज महानगरपालिका वडा नम्बर–२६ को आठराहा सुगौली टोलमा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधिसभा सदस्य उम्मेदवार सुशील कुमार कानुले घरदैलो अभियान सञ्चालन गरेका छन्।


घरदैलोका क्रममा स्थानीय युवा, महिला, ज्येष्ठ नागरिक तथा सर्वसाधारणले उम्मेदवार कानुलाई अबिर, गम्छा र नाराबाजीसहित स्वागत गरेका थिए। कार्यक्रममा कानुले स्थानीयवासीसँग प्रत्यक्ष संवाद गर्दै आफ्नो राजनीतिक दृष्टिकोण, विकास योजना र भावी कार्यदिशाबारे स्पष्ट पारे।
कानुले राष्ट्रिय स्वतन्त्र पार्टीको करारपत्रअनुसार पाँच वर्षसम्म जनताको सेवामा इमानदारीपूर्वक समर्पित भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले भुइँतहका नागरिकका समस्या संसद्मा मजबुत रूपमा उठाउने र जनताको जीवनस्तर सुधारलाई प्राथमिक लक्ष्य बनाउने बताए।
यस क्षेत्रका विगतका निर्वाचित जनप्रतिनिधिको कार्यसम्पादनप्रति असन्तुष्टि जनाउँदै कानुले रोजगारी, शिक्षा, स्वास्थ्य र भौतिक पूर्वाधार विकासमा अपेक्षित प्रगति हुन नसकेको टिप्पणी गरे।
“यो क्षेत्र अझै पनि दशकौँअघिकै अवस्थामै सीमित छ,” उनले भने, “निर्वाचित भएपछी यसलाई परिवर्तन गर्ने मेरो स्पष्ट संकल्प छ।”


आफू जनतासँग काम गर्ने अनुभव बोकेको व्यक्ति भएको दाबी गर्दै कानुले मतदातालाई घण्टी चुनाव चिन्हमा मतदान गर्न आग्रह गरे। उनले शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधारलाई प्राथमिकतामा राख्दै मुस्लिम महिला तथा युवाहरूका लागि रोजगारीमुखी र सीपमूलक तालिम कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता पनि व्यक्त गरे।
घरदैलो कार्यक्रममा स्थानीय युवाहरू र ज्येष्ठ नागरिकको उल्लेखनीय सहभागिता देखिएको थियो। सहभागीहरूले ‘परिवर्तनका लागि घण्टीमा मत हालौँ’ भन्ने नारासहित कानुप्रति समर्थन जनाएका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *