वीरगन्ज :

आज साउथ अस्ट्रेलियासँग दुई टी-२० प्रतिस्पर्धा गर्दै नेपाल

श्रेणी : अन्तर्राष्ट्रिय

7 months
Pradeep Sah
2.0kViews
1591 Shares

काठमाडौं,१२ भदौ । अष्ट्रेलिया भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज साउथ अष्ट्रेलियासँग दुई टी–२० अभ्यास खेल खेल्दैछ।

पहिलो खेल बिहान ५:१५ बजे सुरु भइसकेको छ, जहाँ टस जितेर साउथ अष्ट्रेलियाले फिल्ड रोजेपछि नेपालले ब्याटिङ गरिरहेको छ। पहिलो खेल सकिएलगत्तै दोस्रो खेल बिहान ९:१५ बजे सुरु हुनेछ।

यसअघि मंगलबार, नेपालले अष्ट्रेलियन क्यापिटल टेरिटरी (ACT)सँग दुई अभ्यास खेल खेलेको थियो, जसमा नेपालले पहिलो खेलमा ४१ रन र दोस्रो खेलमा ६ विकेटको जित हात पारेको थियो। पहिलो खेलमा सन्दीप लामिछानेले ह्याट्रिकसहित पाँच विकेट लिएका थिए भने दोस्रो खेलमा दीपेन्द्रसिंह ऐरी र साहब आलमले समान चार–चार विकेट लिए।

टी–२० खेलपछि नेपालले शनिबार बिहान ५:१५ बजे साउथ अष्ट्रेलियासँग एकदिवसीय (ODI) अभ्यास खेल खेल्नेछ।

यसैबीच, नेपाल ‘ए’ टोली भारतको गुवाहटीमा आसामसँग पाँच टी–२० सिरिज खेल्न पुगेको छ। अनिलकुमार शाहको कप्तानीमा रहेको टोलीले पहिलो खेल आज बिहान ११ बजे सुरु गर्नेछ, भने बाँकी खेलहरू भदौ १३, १४, १५ र १६ गते हुनेछन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *