वीरगन्ज :

आज साँझबाट नयाँ मौसमी प्रणाली भित्रिँदै

श्रेणी : प्रदेश

2 weeks
Pradeep Sah
1.7kViews
1185 Shares

काठमाडौं,०९ माघ । आज साँझबाट पश्चिम नेपालमा नयाँ मौसमी प्रणाली भित्रिँदै छ । पश्चिमी न्यूनचापीय प्रणाली थप सक्रिय हुँदा त्यसको प्रभाव पश्चिम नेपालमा देखिने भएको छ ।

“आज साँझबाट पश्चिम नेपालमा नयाँ मौसमी प्रणाली भित्रिँदै छ,” मौसमविद् गोविन्द झाले भने । यसको प्रभाव देशभर भने पर्ने छैन ।

मौसमविद् झाका अनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशमा नयाँ मौसमी प्रणाली सक्रिय हुँदा वर्षा र हिमपात हुनेछ । कर्णाली र सुदूरपश्चिममा बिहीबार वर्षा र हिमपात हुने उनको भनाइ छ ।

उनले भने,“कर्णाली र सुदूरपश्चिम प्रदेशमा बिहीबार सामान्यदेखि हल्का वर्षा हुनेछ, ठूलो वर्षाको भने सम्भावना छैन,” “यसको प्रभाव लुम्बिनी र गण्डकी प्रदेशमा पनि पर्नेछ । यी दुई प्रदेशमा पानी नपरे पनि बदली भने हुनेछ ।”

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव काठमाडौं र यसबाट पूर्व भने नपर्ने उनले जानकारी दिए ।

पश्चिमी न्यूनचापीय प्रणाली सक्रिय हुँदा गण्डकीदेखि सुदूरपश्चिमसम्मको तापक्रम भने घट्नसक्ने मौसमविद् झा बताउँछन् । विशेषगरी सुदूरपश्चिम र कर्णाली तथा लुम्बिनी र गण्डकी प्रदेशमा थप चिसो बढ्ने सम्भावना रहेको उनले जानकारी दिए । प्रणाली कमजोर हुँदा यसको असर देशभर पर्ने छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *