वीरगन्ज :

आज प्रतिनिधिसभा बैठक बस्दै, महत्त्वपूर्ण विधेयकहरू पेस गर्ने कार्यसूची

श्रेणी : अर्थ

2 months
Pradeep Sah
2.4kViews
1409 Shares

काठमाडौं,२७ माघ । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे संसद भवन नयाँबानेश्वरमा बस्ने भएको छ। बैठकमा विभिन्न महत्त्वपूर्ण विधेयकहरू पेस गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट ‘महालेखापरीक्षकको ६१औँ वार्षिक प्रतिवेदन, २०८१’ पेस गर्ने कार्यसूची छ। साथै, अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१’ फिर्ता लिने प्रस्ताव प्रस्तुत गर्नेछन्।

गृहमन्त्री रमेश लेखकले ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१’ प्रस्तुत गर्ने कार्यसूची छ। सांसद प्रेम सुवालले उक्त विधेयकको विरोधमा दिएको सूचना पनि निर्णयार्थ पेश गरिनेछ।

त्यसैगरी, ‘नेपाल प्रहरी विधेयक, २०८१’ र ‘सशस्त्र प्रहरी बल, नेपाल विधेयक, २०८१’ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावहरू पनि बैठकको कार्यसूचीमा छन्।

अर्थमन्त्री पौडेलले ‘अर्थ समितिको प्रतिवेदनसहितको बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८०’ माथि छलफल गरियोस् भन्ने प्रस्ताव पनि प्रस्तुत गर्ने कार्यक्रम रहेको संसद् सचिवालयले जानकारी दिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *