वीरगन्ज :

आजबाट महिला साफ सुरु हुँदै, पहिलो खेलमा नेपाल र भुटान भिड्दै

श्रेणी : खेलकुद

2 years
birgunj report
6Views
0 Shares


काठमाडौं, भदौ २१ गते
आजबाट काठमाडौंमा छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता सुरु हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने प्रतियोगिताको उद्घाटन युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले गर्ने तालिका रहेको छ ।

प्रतियोगितामा आयोजक नेपाल, भारत, श्रीलंका, भुटान, बंगलादेश, पाकिस्तान र माल्दिभ्सको सहभागिता रहेको छ ।साफले सहभागी ७ टोलीलाई दुई समूहमा विभाजन गरेको छ ।समूह ए मा साविक विजेता भारत, माल्दिभ्स, बंगलादेश र पाकिस्तान रहेको छ ।यस्तै समूह बीु मा आयोजक नेपाल, श्रीलंका र भुटान रहेको छ ।

प्रतियोगिताको उद्घाटनमा नेपालले आज भुटानको सामना गर्नेछ । दशरथ रंगशालामा हुने नेपाल र भुटानबीचको खेल साँझ ५ः३० बजे सुरु हुनेछ ।समूह चरणको खेलपछि समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । फाइनल खेल असोज ३ गते हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *