वीरगन्ज :

आजपाको चैत २४ मा काठमाडौँमा विशेष प्रदर्शन र खबरदारी सभा

श्रेणी : प्रदेश

4 hours
Pradeep Sah
2.2kViews
1296 Shares

काठमाडौँ,२३ माघ । आम जनता पार्टी (आजपा) ले जनआन्दोलन दिवसको अवसरमा आउँदो २४ चैतमा काठमाडौँमा विशेष प्रदर्शन र खबरदारी सभा गर्ने निर्णय गरेको छ। आज कोटेश्वरस्थित पार्टी कार्यालयमा बसेको उपत्यका विशेष कमिटीको बैठकले प्रदर्शनको तयारीका लागि विभिन्न समितिहरू गठन गरेको छ।

बैठकलाई सम्बोधन गर्दै आजपा अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले भ्रष्टाचार नियन्त्रणमा सरकार पूर्णरूपमा असफल भएको दाबी गर्दै दलाल दलतन्त्रका विरुद्ध विशेष प्रदर्शनको तयारी गर्न निर्देशन दिए।

प्रदर्शनका क्रममा सरकारको कर आतंक र भ्रष्टाचार विरुद्ध जागरण अभियान सञ्चालन गर्ने निर्णय भएको प्रवक्ता चन्द्र भूषण साहले जनाएका छन्।

कार्यक्रमलाई व्यवस्थित बनाउन जनपरिचालन कमिटी तिलक थापाको नेतृत्वमा, व्यवस्थापन समिति त्रिभुवन साहको नेतृत्वमा, प्रचार समिति चन्द्र भूषण साहको नेतृत्वमा तथा स्वयमसेवक परिचालन समिति आर्या पाण्डेको नेतृत्वमा गठन गरिएको छ।

आजपाले आउँदो २६ माघमा कर आतंक विरुद्ध अन्तरक्रिया कार्यक्रम गर्ने योजना पनि सार्वजनिक गरेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *