श्रेणी : प्रदेश
वीरगन्ज,२१ माघ । पूर्वमन्त्री प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) का केन्द्रीय सचिव बाबुराम कौशीकसहित थुप्रै नेताहरू पुनः माओवादी केन्द्रमा फर्किएका छन्।
सोमबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवासमा आयोजित विशेष कार्यक्रममा कौशीकसहित आजपाका स्थायी कमिटी सदस्यहरू कदम रसूल, विदुर गुप्ता, सत्रुधन गिरी, अफताब अहमद, सञ्जीव गुप्ता, विकास पटेल र आकाश पटेलले माओवादी केन्द्रमा प्रवेश गरे।
नवप्रवेशीहरूलाई अध्यक्ष प्रचण्ड र वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले खादा र माला लगाएर स्वागत गरे।
कार्यक्रम माओवादी केन्द्रका पर्सा जिल्ला इन्चार्ज विजय महतोको अध्यक्षतामा सम्पन्न भएको थियो भने निवर्तमान जिल्ला अध्यक्ष रामदरश कुशवाहा समेत कार्यक्रममा सहभागी थिए।
प्रतिक्रिया