वीरगन्ज :

आगामी वर्षमा १२ अर्ब ३५ करोड राजस्व मधेस सरकारले पाउने

श्रेणी : अर्थ

4 months
Pradeep Sah
2.7kViews
1371 Shares

जनकपुर,२२ चैत । मधेस सरकारलाई आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ठूलो रकम राजस्व बाँडफाँट बापत प्राप्त हुनेछ। सरकारले ७८ अर्ब रुपैयाँको कुल राजस्व बाँडफाँट गरेको छ, जसमा मधेस प्रदेश दोस्रो ठूलो भागीदार हुने अनुमान गरिएको छ।

अर्थ मन्त्रालयका अनुसार, मधेस प्रदेशलाई आगामी वर्षमा १२ अर्ब ३५ करोड रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ। यसैगरी, पहिलो नम्बरमा कोशी प्रदेशले १२ अर्ब ३९ करोड पाउने अनुमान गरिएको छ ।

त्यस्तै, बागमती प्रदेशले ११ अर्ब ५२ करोड, गण्डकी प्रदेशले ९ अर्ब ७९ करोड, लुम्बिनी प्रदेशले ११ अर्ब ८६ करोड, कर्णालीले १० अर्ब २७ करोड र सुदूरपश्चिम प्रदेशले ९ अर्ब ८७ करोड राजस्व बाँडफाँटको रकम पाउने अनुमान गरिएको अर्थ मन्त्रालयले जनाएको छ ।

कुल मिलाएर, सरकारले आगामी आर्थिक वर्षको लागि प्रदेश सरकारलाई ७८ अर्ब ५ करोड ५० लाख रुपैयाँ राजस्व बाँडफाँट बापत उपलब्ध गराउने निर्णय गरेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *