
श्रेणी : BANNER
24Views
0
Shares
काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको आगामी बिहीबार सुनुवाइ हुने भएको छ । सोमबार बसेको संसदीय सुनुवाइ समितिको बैठकले बुधबार उजुरीकर्ताहरुसँग छलफल गर्ने र बिहीबार सुनुवाइ गर्ने निर्णय गरेको नेकपा एमालेका सचेतक महेश बर्तौलाले जानकारी दिए ।
उनकाअनुसार जेठ ३१ मा समितिले उजुरीकर्तालाई बोलाएर छलफल गर्ने कार्यतालिका तय भएको छ। असार १ गते कार्कीबारे टुंगो लाग्ने बर्तौलाले बताए । कार्की विरुद्ध २९ वटा उजुरी परेका छन् ।
वैशाख २५ को संवैधानिक परिषदको बैठकले कामु प्रधानन्यायधीश कार्कीलाई प्रधानन्यायधीशका लागि सिफारिस गरेको थियो। जेठ १७ देखि १० दिनको समय दिएर कार्की विरुद्ध उजुरी आह्वान भएको थियो । कार्कीको कार्यकाल साउन १९ गतेसम्म कायम रहने छ।


प्रतिक्रिया