
श्रेणी : BANNER
10Views
0
Shares
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनमा प्रतिगमन विरोधी शक्तिलाई मत दिन अपील गरेका छन् ।
दशैं लगायतका चाडपर्वहरूको अवसरमा आइतबार बिहान शुभकामना सन्देश जारी गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन्। उनले भनेका छन्, ‘आगामी मंसिर ४ गते हुनगइरहेको यस निर्वाचनमा प्रतिगमन विरोधी शक्तिलाई मत दिई संविधान, गणतन्त्र, संघीयताको रक्षा र सुदृढीकरणका लागि विजय गराउनुहुन आम जनसमुदायमा हार्दिक अपील गर्दछु ।’ हाम्रा चाडपर्वको मौलिक विशेषता विविधतामा एकता रहेको उल्लेख गर्दै उनले नेपालीहरुको मौलिक विशेषता भनेकै विविधतामा एकता भएको बताएका छन् ।

प्रतिक्रिया