वीरगन्ज :

आगामी निर्वाचनमा पुराना दललाई कडा प्रश्न गर्न रास्वपाका पर्सा सभापति पन्तको आग्रह

श्रेणी : मधेस

23 hours
Pradeep Sah
2.3kViews
1149 Shares

वीरगंज (पर्सा), ११ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका सभापति हरी पन्तले आगामी निर्वाचनमा पुराना राजनीतिक दलहरू पुनः भोट माग्न आए जनताले उनीहरूलाई कडा प्रश्न गर्नुपर्ने बताएका छन् । वीरगंज महानगरपालिका वडा नम्बर ४ र ५ को प्रथम भेलालाई सम्बोधन गर्दै सभापति पन्तले विगत ३५ वर्षदेखि पटक पटक शासन सत्ताको केन्द्रमा रहेका पुराना दलहरूले देश र जनताको अपेक्षा पूरा गर्न नसकेको आरोप लगाए । उनले यस्ता दलहरूले जनतासामु मत माग्ने नैतिक अधिकारसमेत गुमाइसकेको दाबी गरे ।

सभापति पन्तले विगतका शासक दलहरू शासन, सुशासन, रोजगारी, विकास र भ्रष्टाचार नियन्त्रणका सवालमा असफल भएको उल्लेख गर्दै अब जनताले उनीहरूलाई जवाफदेही बनाउनु अपरिहार्य भएको बताए । परिवर्तन चाहने सचेत नागरिकहरू एकजुट भई वैकल्पिक राजनीतिक शक्तिलाई मजबुत बनाउनु आजको आवश्यकता रहेको भन्दै उनले राष्ट्रिय स्वतन्त्र पार्टीलाई त्यो विकल्पका रूपमा अघि बढाउन सबैलाई सक्रिय भूमिका खेल्न आग्रह गरे ।

उक्त भेलाले वीरगंज महानगरपालिकाअन्तर्गत वडा नम्बर ४ र ५ मा राष्ट्रिय स्वतन्त्र पार्टीको संगठन विस्तार गरेको छ । भेलाबाट वडा नम्बर ४ मा सञ्चारकर्मी मुकेश सिंहको सभापतित्वमा ११ सदस्यीय वडा समिति गठन गरिएको छ । समितिको उपसभापतिमा संगीता जोशी, सचिवमा पुकार थापा चयन भएका छन् भने सदस्यहरूमा शेख सहजाद, कृस्टा थापा, सुनिल दर्लामी, विजय चौहान, रोजन जोशी, प्रितम श्रेष्ठ, शंकर थापा र सरु जोशी रहेका छन् ।

त्यसैगरी, वडा नम्बर ५ मा इमरान शेखको सभापतित्वमा ११ सदस्यीय वडा समिति गठन गरिएको छ । समितिको उपसभापतिमा अरुण मानन्धर, सचिवमा सकील अहमद चयन भएका छन् भने सदस्यहरूमा अमित जोशी, जमिर अख्तर, सुनिल सरार्फ, सरस्वती गुरुङ, जावेद अख्तर, शनि मानन्धर, सजाद अहमद र ओमी गुरुङ रहेका छन् ।

रास्वपा वीरगंज महानगर सभापति अमन आलमको सभापतित्वमा सम्पन्न उक्त भेलाको सहजीकरण मधेस प्रदेश संगठन विभाग उपप्रमुख प्रमोदले गरेका थिए । भेलामा महानगर उपसभापति परितोष द्विवेदीले स्वागत मन्तव्य राखेका थिए भने क्षेत्रीय सभापतिहरू राम आर्य, फैयाद मियाँ, महानगर सचिव गौतम श्रेष्ठ तथा नेताहरू परवेज अख्तर, नितु खड्गी, सुदिश प्रजापति, मुन्ना साहलगायतले मन्तव्य व्यक्त गर्दै संगठन सुदृढीकरण र वैकल्पिक राजनीतिमा नागरिकको भूमिकाबारे धारणा राखेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *