वीरगन्ज :

आगामी निर्वाचनका लागि एक करोड ७९ लाख मतदाता कायम

श्रेणी : BANNER

2 years
birgunj report
8Views
0 Shares

काठमाडौ । निर्वाचन आयोगले आगामी निर्वाचनका लागि मतदाताको अन्तिम नामावली सार्वजनिक गरेको छ । आयोगकाअनुसार यसपटकको निर्वाचनमा देशभर कुल एक करोड ७९ लाख ८८ हजार ५७० मतदाता छन् ।

जसमा पुरुष मतदाता ९१ लाख ४० हजार ८०६ र महिला मतदाता ८८ लाख ४७ हजार ५७९ छन्। त्यस्तै, अन्य मतदाता १८५ छन् ।प्रदेश १ मा ३३ लाख ९६ हजार ८६५, मधेश प्रदेशमा ३३ लाख ८६ हजार ६२८, वाग्मती प्रदेशमा ३४ लाख ७१ हजार ४९२, गण्डकी प्रदेशमा १८ लाख १७ हजार ५४१, लुम्बिनी प्रदेशमा ३२ लाख ४९ हजार ६३७, कर्णाली प्रदेशमा १० लाख ८ हजार ४०३ र सुदूरपश्चिम प्रदेशमा १६ लाख ५८ हजार ४ जना मतदाता रहेका छन् । प्रतिनिधिसभातर्फ कुल १६५ र प्रदेश सभातर्फ कुल ३३० सिटका लागि प्रत्यक्षतर्फको निर्वाचन हुँदैछ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *