
श्रेणी : मधेस
2.5kViews
1452
Shares
सिरहा,०९ भदौ । नवराजपुर गाउँपालिका–५ झाझपट्टीका आगलागी पीडित बालकृष्ण यादवको परिवारलाई राहत वितरण गरिएको छ।
स्थानीय समाजसेवी जयकृष्ण यादवले सोमबार पीडित परिवारलाई खाद्यान्न र लत्ताकपडा प्रदान गरेका हुन्। भदौ ४ गते राति विद्युत सर्ट भएर आगलागी हुँदा यादवको घर, खाद्यान्न र लत्ताकपडा जलेर नष्ट भएको थियो।
आर्थिक रूपमा विपन्न यादव परिवारको नाममा फुसको छाप्रो मात्र रहेको छ, जहाँ पाँच सदस्यीय परिवार बस्दै आएको थियो। दुई छोरी र एक छोरासहितका यादव दम्पतीले आगलागीपछि हातमुख जोड्न समस्या भोगिरहेका थिए।
पीडित बालकृष्ण यादवले राहतले ठूलो सहयोग पुगेको महसुस भएको बताएका छन्।


प्रतिक्रिया