श्रेणी : खेलकुद
88Views
0
Shares
काठमाडौं । मलेसियामा जारी आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया क्षेत्र छनोटमा नेपालले लगातार तेस्रो जित निकालेको छ ।
आइतबार पहिले ब्याटिङ गर्दै भुटानले नेपाललाई ४० रनको लक्ष्य दिएको थियो । नेपालले उक्त लक्ष्य १३ दशमलव २ ओभरमा सात विकेट गुमाउँदै पूरा गर्यो । भुटानका लागि कप्तान डिन्चिन वान्ग्मोले २१ रन बनाइन्।अन्य ब्याटरले दोहोरो अंक बनाउन सकेनन् । नेपालका लागि पुजा महतोले ३ तथा कविता कुवँर, खुसी डंगोल र कप्तान रुबिना क्षेत्रीले समान १/१ विकेट लिए ।नेपालले पहिलो खेलमा मलेसियालाई ५ रन र दोस्रो खेलमा बहराइनलाई १० विकेटले हराएको थियो । नेपालले अब मंगलबार कतार र बुधबार युएईसँग खेल्नेछ । दुई मध्य एक खेलमा जित निकाल्न सके नेपाल सेमिफाइनल पुग्नेछ ।
प्रतिक्रिया