वीरगन्ज :

आइसिपि हुँदै भारत पुर्याइएको ३ क्वीन्टल भन्दा बढी गाँजासहित एक नेपाली पक्राउ

श्रेणी : BANNER

1 year
Pradeep Sah
1.9kViews
1975 Shares

वीरगंज । भारतिय एसएसबीका जवानले ३७५ किलो गाँजासहित एक जना नेपालीलाई पक्राउ गरेका छन् । वीरगंजकाे एकिकृत जाँच चौकी (आइसिपि) नाका हुँदै भारत पुर्याइएको ठूलो परिमाणमा लागु औषध गाँजासहित मकवानपुरका अम्बर बहादुर पक्राउ परेका हुन् ।

आइसिपीसंग जोडिएको रक्सौलस्थित भारतीय आइसिपीको ४ नम्बर गेटबाट भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले ३ क्वीन्टल ७५ किलोग्राम गाँजासहित बहादुरलाई बुधबार बिहान पक्राउ गरेको हो ।

वीरगंजकाे आइसिपी नाका हुँदै भारत रक्सौलको आइसिपीमा पुगेको ना ४ च ८९७८ नम्बरको पिकअप गाडीलाई एसएसबीले शंका लागेर चेकजाँच गरेको थियो । त्यसक्रममा उक्त पिकअप गाडीको पछाडि पट्टीको भागमा फल्स बटम बनाएर राखिएको अवस्थामा २५ वटा पोकामा रहेको ३ क्वीन्टल गाँजा भेटिएको एसएसबीका ४७ नम्बर कमाण्डेण्ट विकास कुमारले जानकारी दिए ।

प्लाष्टिकको टेपले बेरेर २५ वटा पोकामा रहेको ३ क्वीन्टल गाँजा बरामद भएपछि गाडीका चालक अम्बर बहादुर र गाँजासहितको गाडी नियन्त्रणमा लिइएको उनले बताए ।

यसअघि एक हप्ता पहिलेपनि अर्थात गत माघ २५ गतेपनि रक्सौल आइसिपीको त्यहि गेटबाट एसएसबीले नेपालबाट भारत भित्रयाउन लागिएको अवस्थामा २ क्वीन्टल ६ किलोग्राम गाँजा बरामद गरेको थियो । कालिका टाईम्स

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *