वीरगन्ज :

आइतबार बागमती प्रदेशभर सार्वजनिक बिदा

श्रेणी : प्रदेश

2 days
Pradeep Sah
2.0kViews
1557 Shares

हेटौंडा,२२ साउन । गाईजात्रा पर्वको अवसरमा आगामी आइतबार बागमती प्रदेशभर सार्वजनिक बिदा दिइने भएको छ। प्रदेश सरकारको मन्त्रिपरिषदको अघिल्लो निर्णयअनुसार साउन २५ गते (आइतबार) सार्वजनिक बिदा लागू गरिनेछ।

२०७८ चैत १९ गते बसेको मन्त्रिपरिषद बैठकले गाईजात्रासहित अन्य चार दिनलाई प्रदेशस्तरीय सार्वजनिक बिदाका रूपमा मनाउने निर्णय गरेको थियो। सोही निर्णयअनुसार यो बिदालाई प्रदेश सरकारको वार्षिक बिदा पात्रोमा समावेश गरिएको हो।

यस बिदाका कारण प्रदेशभरका सरकारी कार्यालय, शैक्षिक संस्था, र निजी संघसंस्था समेत बन्द रहने छन्।

नेवार समुदायको सांस्कृतिक पर्वका रूपमा चिनिने गाईजात्रा विशेषगरी काठमाडौँ उपत्यका र अन्य शहरी क्षेत्रहरूमा विरक्तिलाई व्यङ्ग्यमा परिणत गर्ने पर्वका रूपमा उल्लासपूर्वक मनाइन्छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *