वीरगन्ज :

आइतबारदेखि पर्सामा खोप अभियान संचालन हुने, ३१ हजार बढि बालबालिकालाई खोप लगाउने लक्ष्य

श्रेणी : BANNER

7 months
Pradeep Sah
2.7kViews
1380 Shares

वीरगंज (पर्सा), १२ जेठ । स्वास्थ्य कार्यालय पर्साको आयोजनामा वीरगंज हेल्थ केयर अस्पतालमा जिल्ला खोप समन्वय समिति तथा सञ्चारकर्मीहरुलाई अभिमुखिकरण कार्यक्रम सम्पन भएको छ । खोप समन्वय समिती पर्साका अध्यक्ष तथा जिल्ला समन्वय समिति पर्साका सभापति निरन्जन कुमार सर्राफको अध्यक्षतामा आयोजित अभिमुखिकरण कार्यक्रममा स्वास्थ्य कार्यालय पर्साका प्रमुख डा. मुक्तिनारायण साहले आई.पी.भी. खोप अभियानको बारेमा सञ्चारकर्मीहरुले भुमिका महत्वपूणर् रहेकोले सहयोगको अपेक्षा रहेको बताए ।

आइतबारदेखि संचालन हुने खोपका लागि पर्सामा ३१ हजार ८ सय १२ जनालाई खोप लगाउने लक्ष्य लिएको बताईएको छ । मधेशमा २ लाख ९२ हजार ९ सय ५९ र देशमा १४ लाख ६२ हजार ७ सय १२ जनालाई लक्ष्य लिएको हो । दुई चरणमा लगाईने खोप आइतबार अर्थात जेठ १३ गते देखि शुरु भई १६ गतेसम्म र दोश्रो चरणको २० गतेदेखि शुरु भई २३ र २६ गतेसम्म संचालन हुने बताइएको छ । खोप कार्यक्रममा ७ सय ८ जना स्वास्थ्यकर्मी, १ हजार ४ सय १६ जना स्वयमसेवक ३ जना डाक्टर परिचालन गरिनेछ । २०७३ साल बैशाखदेखि २०७५ आस्विनमा जन्मेको बालबालिकाहरुलाई यो खोप लगाइने खोप अधिकृत जयमोद ठाकुरले बताए ।

खोपको बारेमा प्रस्तुती गर्दै अधिकृत ठाकुरले २०१० बाट हालसम्म नेपालमा पोलियो नदेख्नुका कारण नियमित रुपमा खोप संचालनमा रहेको र ईमान्दारी पुर्बक स्वास्थ्यकर्मीहरु लागिपरेको कारण पनि रहेको बताए । पाकिस्तान र अफगनिस्तानका कारण अहिलेसम्म खोप संचालनमा रहेको समेत बताए । पाकिस्तान र अफगानिस्तानमा पोलियो देखिएको कारण यसबाट मुक्ति नपाएको बताए । आइतबारदेखि शुरु हुने खोपको अनुगमन गर्न पर्साका उपसभापति निरन्जन कुमार सर्राफले जोरतोरले लाग्ने बताए ।

उपसभापति पुरन पटेलका अनुसार सबै अभियानमा खेल्ने भुमिका झै यसमा पनि भुमिका खेल्न सञ्चारकर्मीहरुलाई आग्रह गरे । कार्यक्रममा स्वास्थ्कर्मी, समाजसेवी र पत्रकारहरुको सहभागीता रहेको थियो । वीरगंज टाईम्स

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *