वीरगन्ज :

अहिलेको व्यवस्थामा कुरा धेरै र काम कम भयोः पूर्वराजा शाह

श्रेणी : BANNER

2 years
birgunj report
41Views
0 Shares

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले आधुनिक प्रजातन्त्रको सही अर्थ जनतालाई केन्द्रमा राखेर सुशासन र विकास हुनुपर्नेमा अहिलेको व्यवस्थामा जनताले चाहेजस्तो सार्थक नभएको बताएका छन् ।

शनिबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित नागरिक अभिनन्दन समारोहलाई सम्बोधन गर्दै पूर्वराजा शाहले अहिलेको व्यवस्थामा कुरा धेरै र काम कम भएको बताएका हुन् । उनले जनताले खोजेको र सोचेकोजस्तो नहुँदा त्यस्तो पद्धति केही समय विकाउ भए पनि टिकाउ नहुने बताए।

उनले भने,’जनताले रोजेको, जनताले खोजेको र जनताले सोचेकोअनुसार जब हुँदैन, तब त्यस्तो पद्धति केही समयको विकाउ मात्र हुन्छ, टिकाउको हुँदैन।’

उनले अरुको अगाडि लम्पसार भएर बाँच्नु नेपालीको अपमान भएको बताए । उनले भने, ‘हामीलाई हाम्रै माटो मलिलो लाग्छ, हामीलाई हाम्रै भेषभूषा सुकिलो लाग्छ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *