वीरगन्ज :

अहिलेको घटनाक्रमले देश अस्थिरतातिर जाने निश्चित छः उपाध्यक्ष पौडेल

श्रेणी : राजनीति

2 years
birgunj report
7Views
0 Shares

सुर्खेत । नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णु पौडेलले अहिलेको घटनाक्रमले देश अस्थिरतातिर जाने निश्चित जस्तै रहेको बताएका छन् ।

आइतबार सुर्खेतमा पत्रकारहरुसँग कुरा गर्दै उपाध्यक्ष पौडेलले यो गठबन्धनबाट देशको भविष्य नरहेको बताएका छन् । यो सरकारले देशलाई समृद्धिको मार्गमा अघि बढाउन नसक्ने उनको दाबी छ ।

उनले निर्वाचनको नतिजा अनुसार प्रतिपक्षमा बस्ने तयारी गरे पनि राजनीतिक समीकरण बदलिने स्थित आएपछि प्रचण्डलाई प्रधानमन्त्री बनाएर सरकारमा गएको स्मरण गरे । समझदारीका साथ सरकारमा गएको हो ।

यद्यपि प्रचण्डले धोका दिएको भन्दै उनले एमालेको एकल बहुमतको सरकार निर्माण गर्ने तयारी स्वरूप ग्रासरुट अभियान सञ्चालन गरिएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *