
श्रेणी : राजनीति
12Views
0
Shares
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजनीतिक अस्थिरताले भूराजनीतिक द्वन्द्वलाई मलजल गर्ने भएकाले राजनीतिक स्थायित्व खोज्नुपर्ने बताएका छन् ।
बुधबार सामाजिक संजालमार्फत महासचिव पोखरेलले अस्थिरताले विकास र समृद्धिलाई मात्र नभई स्वाधिनता र स्वाभिमानको यात्रामा समेत अवरोध पुर्याउने बताएका हुन् ।
उनले भनेका छन्, ‘राजनीतिक अस्थिरताले भूराजनीतिक द्वन्द्वलाई मलजल गर्ने हो । मुलुकको हितमा स्थायित्वको खोजी गरौ, स्थायित्वलाई प्रवद्र्धन गरौं । अस्थिरताले विकास र समृद्धिलाई मात्र होइन, स्वाधिनता र स्वाभिमानको यात्रामा समेत अवरोध पुर्याउछ भन्नेकुरा वुझ्न ढिला भएन र ?’

प्रतिक्रिया