वीरगन्ज :

अस्ट्रेलियामा लागुऔषधजन्य कारणबाट दैनिक पाँच जनाको मृत्यु

श्रेणी : अन्तर्राष्ट्रिय

2 years
birgunj report
25Views
0 Shares

युनिभर्सिटी अफ न्यू साउथ वेल्सका विज्ञहरूको प्रारम्भिक अनुमानअनुसार सन् २०२१ मा दैनिक पाँच जना अस्ट्रेलियाली नागरिकको औषधिको ओभरडोज र अन्य कारणले मृत्यु भएको छ ।

बिहीबार प्रकाशित रिपोर्टअनुसार सन् २०२१ मा अस्ट्रेलियामा एक हजार सात सय ८८ जनाको लागुऔषधका कारण मृत्यु भएको थियो । यो सङ्ख्या उक्त वर्ष अस्ट्रेलियामा दर्ता भएका मृत्युको झन्डै एक प्रतिशत हो । उक्त अवधिमा अस्ट्रेलियामा प्रत्येक एक लाख जनसङ्ख्यामा ६ दशमलव ९ जनाले लागुऔषधका कारण ज्यान गुमाएका थिए ।

सन् २०२१ मा लागुपदार्थका कारण हुने मृत्युमध्ये ६३ प्रतिशत पुरुषमा भएको थियो भने ४५ देखि ५४ वर्ष र ३५ देखि ४४ वर्ष उमेर समूहका मानिसमा लागुपदार्थका कारण हुने मृत्युको ठूलो हिस्सा थियो । सन् २०२१ लागुऔषधको बढी प्रयोगका कारण हुने मृत्युमा सबैभन्दा बढी हेरोइन र ‘फार्मास्युटिकल ओपिओइड’ सँग संलग्न घटनाहरू भेटिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *