
श्रेणी : BANNER
वीरगंज,६ जेठ । उपकार सेवा नेपालले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत एक असहाय तथा पूर्णरूपमा अशक्त व्यक्तिलाई व्हीलचेयर प्रदान गरेको छ।
बिरगंज महानगरपालिका–१६, ईनर्वा निवासी एकजना हिड्डुल गर्न नसक्ने अशक्त व्यक्तिलाई व्हीलचेयर अत्यन्त आवश्यक रहेको महसुस गरी संस्थाकी अध्यक्ष विद्या कुमारी सरावगी स्वयं पीडितको घरमै पुगी एक विशेष कार्यक्रमको आयोजना गरी व्हीलचेयर हस्तान्तरण गरेकी हुन्।
सो कार्यक्रममा उपकार सेवा नेपालका अभिभावक पद्मा देवी सरावगी, सामाजिक अभियन्ता प्रकाश थारू, जनमत पार्टीका जिल्ला अध्यक्ष ओम प्रकाश सर्राफ लगायत स्थानीय समाजसेवी एवं समुदायका भद्रभलादीहरूकाे उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमको अवसरमा अध्यक्ष सरावगीले समाजका असहाय, पीडित र जरुरतमन्द नागरिकहरूप्रति सहयोग र सेवा गर्दै आइरहेको संस्थाको संकल्प दोहोर्याउँदै, आगामी दिनहरूमा पनि यस्ता सेवामूलक कार्यहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरिन्।
यस कार्यले समुदायमा सकारात्मक ऊर्जा सिर्जना गर्नुका साथै मानवता र सहकार्यको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको सहभागीहरूले बताए।

प्रतिक्रिया