मकवानपुर, १२ फागुन । मकवानपुरबाटअवैध हतियार पेस्तोलसहित दुई जना भारतीय नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत् हेटौंडा–१५, रातोमाटेबाट पेस्तोल र गोलीसहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिइएको हो ।
प्रहरीले भारतको बिहार राज्य सिहुहर जिल्ला धनहरा ग्राम बस्ने २२ वर्षका धिरजकुमार र भारतको बिहार राज्य मोतीहारी जिल्ला बहरी ग्राम बस्ने २६ वर्षका दीपक कुमारलाई नियन्त्रणमा लिइएको हो ।
उनीहरुको साथबाट एक राउण्ड गोली लोड भएको ९ एमएमको अटो पेस्तोल र सलाईको बट्टाभित्र लुकाएको अवस्थाको थप २ थान गोली ३ बरामद गरेको प्रहरीले जनाएकाे छ ।
रौतहट जिल्लाको गौरबाट हेटौंडातर्फ आउँदै गरेको ना.८ ख ८७७३ नम्बरको बसलाई चेकिङको क्रममा अवैध हतियारसहित दुई जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख (प्रहरी उपरीक्षक) विश्वराज खड्काले जानकारी दिए ।
उनले भने विशेष सूचनाको आधारमा प्रहरी चौकी रातोमाटे र अस्थायी प्रहरी पोस्ट हरियालीको टोलीले चेकिङ गर्ने क्रममा पेस्तोलसहित दुईजना भारतीयलाई पक्राउ गरेका हौं’, प्रहरी उपरीक्षक खड्काले भने, ‘प्रारम्भिक अनुसन्धानबाट हेटौंडामा कसैलाई दिनेगरी ल्याएको भन्ने जानकारीमा आएको छैन ।’
प्रतिक्रिया