वीरगन्ज :

अवैध रूपमा नेपाल छिरेका तीन भुटानी-अमेरिकी नागरिक झापाबाट पक्राउ

श्रेणी : अन्तर्राष्ट्रिय

4 months
Pradeep Sah
1.7kViews
1739 Shares

विराटनगर,१६ चैत । अवैध रूपमा नेपाल प्रवेश गरेको आरोपमा झापाबाट तीन जना भुटानी मूलका अमेरिकी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।

शनिबार दमकस्थित बेलडाँगी शरणार्थी शिविरमा गैरकानुनी रूपमा बसोबास गरिरहेको सूचनाका आधारमा प्रहरीले ३६ वर्षीय आशीष सुवेदी, ३१ वर्षीय सन्तोष दर्जी र ३६ वर्षीय रोशन तामाङलाई नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार उनीहरू गत चैत १२ गते अमेरिकाबाट विभिन्न देश हुँदै नेपाल छिरेका थिए। प्रहरीले उनीहरूको नेपाल प्रवेश, बसोबास तथा शरणार्थी शिविरमा आवागमनको विषयमा थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *