वीरगन्ज :

अवैध रुपमा ३० कठ्ठामा लगाइएको गाँजा खेती नष्ट

श्रेणी : BANNER

1 year
Pradeep Sah
109Views
1 Shares

वीरगंज (पर्सा), २३ मंसिर । पर्साको विभिन्न स्थानमा अवैध रुपमा लगाइएको गाँजा खेती प्रहरीले फडानी गरेर नष्ट गरेको छ । शनिबार जिल्ला प्रहरी कार्यालय पर्सा र ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीबाट खटिएको प्रहरी टोलीले पर्साको पर्सागढी नगरपालिका वडा नम्बर ३ झबराहाका विभिन्न गाँउमा करिब ३० कठ्ठामा लगाइएको गाँजा खेती नष्ट गरेको हो ।

जिल्ला प्रहरी कार्यालय पर्सा र पटेर्वासुगौलीबाट प्रहरी निरिक्षक रामराजा केशरीको कमाण्डमा खटिएको .५० जनाको प्रहरी टोलीले अवैधरूपमा लगाइएको गाँजा खेती नष्ट गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिएसपी कुमार बिक्रम थापाले बताए । गाँजा खेती गर्नेहरुको पहिचान गरी उनिहरुको खोजी भइरहेको उनले बताए । वीरगंज टाईम्स

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *