बीरगन्ज,२ चैत्र । रौतहट प्रहरीले अवैध रुपमा चोरी निकासी गर्दै गरेको मदिरा सहितको मोटरसाईकल र दुईजनालाई पक्राउ गरेको छ ।
गोप्य सुचनाको आधारमा इलाका प्रहरी कार्यालय राजपुर रौतहटबाट खटिएको प्रहरी टोलीले जिल्लाको ईशनाथ नगरपालिका – ५ जयनगर स्थित सिमा क्षेत्रबाट एकलाख १८ हजार दुईसय मूल्यको मदिरा र मोटरसाईकल बरामद गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
नेपालबाट अबैध रुपमा चोरी निकासी गरी भारत तर्फ लैजाँदै गरेको अवस्थामा अन्दाजी १८ हजार दुई सय रुपैया बराबरको मदिरा र अन्दाजी एक लाख रुपैया बरावरको वीआर ०५ डी ४३३१ र बी आर ०५ एसी ३३११ नम्बरको मोटरसाईकल दुईवटा मोटरसाईकल सहित दुईजना पक्राउ परेका हुन् ।
प्रहरीले समान मोटरसाईकल सहित भारत बिहार राज्य जिल्ला पुर्वी चम्पारण भसेडवा – १९ बस्ने २० बर्षीया संतोष यादवलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि गौर भन्सार कार्यालयमा बुझाईएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया