वीरगन्ज :

अवैध बालुवा उत्खनन् गर्ने ट्याक्टर पक्राउ

श्रेणी : BANNER

1 year
Pradeep Sah
1.7kViews
1868 Shares

वीरगंज । खाेलाबाट अवैध बालुवा गिटी उत्खनन् गरि ओसार पसार गर्ने तिन वटा ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएकाे छ ।

प्रहरी चाैकी मिलन चाैक र नेपाली सेनाकाे संयुक्त गस्ती टाेलीले वीरगंज महानगरपालिकाकाे वडा नं. ३१ स्थित भेडहा खाेलाबाट अवैध बालुवा गिटी उत्खनन् गर्ने तिन वटा ट्याक्टर शुक्रबार विहान ८:३० बजे नियन्त्रणमा लिएकाे इलाका प्रहरी कार्यालय पटेर्वा सुगाैलीका प्रहरी निरिक्षक रामराजा केशरीले जानकारी दिए ।

उनका अनुसार ना ५ त ७०५७, प्र २-०३-००१ त १६३७ नम्बर र एउटा वन ट्यास्ट ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएकाे हाे । तिन वटै ट्याक्टर प्रहरी चाैकी मिलन चाैकमा राखिए छ ।

प्रहरी चाैकी मिलन चाैकबाट दुई किलाेमिटर उत्तर दिशामा रहेकाे खेलाबाट प्रहरीले ट्याक्टर नियन्त्रणमा लिएकाे हाे । कालिका टाईम्स

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *